FAQs Complain Problems

नेपालीहरुको महान चाड बडादशै सहित शुभदिपावली ,छैट,उभौली, उधौली, नेपाल संबत, क्रिसमश लगायत २०७६ सालका सम्पूर्ण चाडपर्वहरुको अवशरमा समस्त नगरबासी तथा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य ,दिर्घायु एबम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । शंकर राई नगरप्रमुख लेटाङ नगरपालिका, मोरङ प्रदेश नं. १ नेपाल

Read More

लेटाङमा अवस्थित राजारानि तालको मनोरम दृश्य

Read More

राजारानि डाडाबाट देखिएको लेटाङ बजारको दृश्य

Read More

लेटाङ-७ वारङ्गीमा स्थित बाराजि मन्दिर

Read More

लेटाङ-८ जाते स्थित कोलुङ झरनाको दृश्य

Read More

लेटाङ बजारको दृश्य

Read More

संक्षिप्त परिचय

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ बमोजिम नेपाल सरकारले निश्चित मापदण्ड पुरा भएका स्थानहरुलाई नगरपालिका घोषणा गर्न सक्ने प्रावधान छ । यसै अनुरुप मिति २०७१/०८/१६ गते नेपाल भरीका विभिन्न ६१ नगरपालिका सँगै साविकका लेटाङ र भोगटेनी गाउँ विकास समितिहरुलाई समेटेर लेटाङभोगटेनी नगरपालिकाको घोषणा भएको हो । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को प्रस्तावनामा उल्लेखित प्रावधान अनुरुप विकेन्द्रीकरणको माध्यामद्धारा सार्वभौमसत्ता सम्पन्न जनतालाई शासन प्रकृयामा अधिकाधिक रुपमा सम्मिलित हुने अवसर जुटाउने, आफ्नो क्षेत्रको विकासको लागि साधनको परिचालन, विनियोजन र विकासको प्रतिफलको सन्तुलित तथा समान वितरणमा सामाजिक समानता ल्याउने कार्यमा जनजाति, आदिबासी, दलित र सामाजिक तथा आर्थिक दृष्टिकोणले पछाडिएका वर्ग समेतका समग्र जनताको सहभागिता अभिबृद्धि गर्ने, योजनाहरुको तर्जुमा र संचालन गर्न आवश्यक जिम्मेवारी र अधिकार स्थानीय स्तरमा नै प्रदान गरी जवाफदेही बन्न सक्ने स्थानीय निकायहरुको संस्थागत विकास गर्ने, स्थानीय नेतृत्वको विकास गरी जनताको दैनिक आवश्यकता र जनजीवनलाई असर पार्ने विषयहरुमा निर्णय गर्न सक्ने स्थानीय स्वायत्त शासन पद्धतिको विकास गर्ने कार्यका लागि स्थानीय सरकारको रुपमा स्थानीय निकायहरु गठन भएका हुन्छन् । स्थानीय सरकार जनताको नजिकको सरकार हो । केन्द्रीय सरकार कति प्रभावकारी र कामयवी छ सो कुरा स्थानीय सरकारको प्रभावकारीताको कसीले पनि थाहा पाउन सकिन्छ । त्यसैले स्थानीय सरकारको रुपमा स्थापित निकायहरुको क्षमता र कार्यसम्पादन स्तर उचो हुनु जरुरी छ । स्थानीय निकायहरुलाई माथि उल्लेखित उद्देश्यहरु प्राप्त गर्न स्थानीय स्वायत्त शासन ऐन, २०५५ र स्थानीय स्वायत्त शासन नियमावली, २०५६ ले पर्याप्त अधिकारहरु प्रदान गरेको छ । स्थानीय निकायहरुको प्रभावकारीता र लोकप्रियता त्यस बेला उचो हुन्छ जुन बेला स्थानीय निकायहरुले तर्जुमा गरेका नीति, योजना तथा कार्यक्रम यथार्थ, वास्तविकता र प्राथमिकतामा आधारित हुन्छन् साथै तिनीहरुको कार्यान्वयन र अनुगमनको पाटो पनि मजबत हुन्छ । यस्ता कुरा पनि यतिकै प्राप्त हुँदैनन जसको लागि सही तथ्याङ्कहरुको आवश्यकता पर्दछ । तथ्याङ्कको लागि सम्बन्धित स्थानीय निकायहरु संग प्रायः सम्पूर्ण विषयहरु समेटिएको पाश्वचित्रको आवश्यकता पर्दछ जसले सही नीति निर्माण, योजना तथा कार्यक्रमहरुको तर्जुमा, कार्यान्वय र अनुगमन तथा मूल्याङ्कन कार्यलाई सहयोगी सिद्ध होस् ।

Pages

पदाधिकारी

शंकर राई
प्रमुख
९८४२३७५४८८
कृष्ण कुमारी निरौला
उप प्रमुख
९८५२०७५९११
ध्यान कुमार थापा
प्रमुख प्रशासकिय अधिकृत
९८५२०६९१११

सेवाहरु

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएको ३५ दिन भित्रमा दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • निबेदन
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • एकाघरको सुचना दिने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि ।
सेवा प्रकारः- बिबाह दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- बिबाह गरेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु २०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • निबेदन
  • पति वा पत्निको ना.प्र.पत्रको प्रतिलिपि
  • पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • पत्निको माइतितर्फको अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्रमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • निबेदन
  • पिता वा अामाको ना.प्र.पत्रको प्रतिलिपि
  • पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
  • पिता वा अामाको मूत्यु भएको भए एकाघरका नाता खुल्ने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म कार्डको प्रतिलिपि
  • अध्ययनरत भए शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता गर्ने बाबु अामाको बिबाह  दर्ता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- बसोबास प्रमाणित
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- बसोबास पेश भएमा रु ३०० । बसोबास पेश नभएमा रु ६०० ।
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
  • अस्थायि बसोबास सिफारिसको हकमा नगरपालिका बाहिरको भएमा पनि स्थलगत सेजमिनको अाधारमा सिफारिस दिने
सेवा प्रकारः- नेपालि नागरिकताको सिफारिस
सेवा समयः- सोहि दिन । स्थलगतगत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • बाबुअामा,पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
  • बिबाहित भए बिबाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • नाम थर जन्ममिति खुल्ने गरीको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबुअामा वा पतिको मृत्यु भएको भएमा मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दुबै कान देखिने पासपोेर्ट साइजको २ प्रति फोटो
सेवा प्रकारः- अबिबाहित प्रमाणित
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- बिबाह प्रमाणित(ब्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अबस्थामा)
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- जन्ममिति प्रमाणीत
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
  • निबेदन
  • नागरिकताको प्रतिलिपि
  • नगर बाहिरकव ना.प्र. भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि
  • बिध्यालयको जन्ममिति खुलेको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- नाता प्रमाणीत(ब्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अबस्थामा)
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालि रु ४०० । अंग्रेजि रु १००० ।
आवश्यक कागजातहरुः-
  • मृतकसँग नाता कायम गर्नु परेमा ( निबेदन,मृतकको मृत्युदर्ता /नागरिकता प्रमाण पत्रको प्रतिलिपि /मृत्युदर्ता नभएमा मृत्यु दर्ता सिफारिस )
  • वडा बाहिरको नागरिक भएमा बसाइसराई प्रमाणपत्रको प्रतिलिपि
  • जजसको नाता प्रमाणित गर्नुपर्नै हो सो सग सम्बन्धित उमेर पुगेको ब्यक्तिको हकमा नागरिकताको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
  • पेन्सनर भए नाम नम्बर र पद खुलेको तथा पति पत्निको नाम देखिने पेन्सन पट्टाको  प्रतिलिपि ।
  • अावश्यकता अनुसार बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • हालै खिचेको २ प्रति फोटो,सर्जमिन ।

जानकारी