Flash News
लेटाङ नगरपालिका र RERL संस्थाद्वारा लेटाङमा खानेपानी–सिँचाइ समस्या रहेको क्षेत्रको संयुक्त अनुगमन।
लेटाङ नगरपालिका र RERL संस्थाद्वारा लेटाङमा खानेपानी–सिँचाइ समस्या रहेको क्षेत्रको संयुक्त अनुगमन।
लेटाङ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) ताहाचल, काठमाडौं अन्तर्गत रही खानेपानी तथा सिँचाइ परियोजनामा काम गर्दै आएको RERL (Renewable Energy for Rural Livelihood) संस्थाको प्राविधिक टोलीले लेटाङ नगरपालिकाका समस्याग्रस्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेको छ।
आज मिति २०८२ साल ०९ महिना २३ गते, RERL संस्था खुमलटारबाट आउनु भएका प्रशिस पौडेल, रञ्जित गौतम लगायतको टोलीलाई लेटाङ नगर प्रमुखज्यू तथा सम्बन्धित वडा अध्यक्षज्यूहरूको उपस्थितिमा खानेपानी र सिँचाइको गम्भीर समस्या देखिएको क्षेत्रहरूको अवलोकन गराइएको हो।
अनुगमनका क्रममा खानेपानीको समस्या रहेको सुर्यटार र मझुवा क्षेत्र तथा सिँचाइ सुविधाको अभाव रहेको झुरपाल टोलमा पुगेर स्थलगत अवस्था, पानीको स्रोत, सम्भाव्यता र स्थानीय आवश्यकताबारे विस्तृत अध्ययन गरिएको थियो।
हाल RERL संस्था परियोजना निर्माणको कुनै पनि कार्यान्वयन चरणमा नरहेको अवस्थामा, उक्त क्षेत्रहरूमा भविष्यमा लगानी गर्न सकिने/नसकिने, वैकल्पिक ऊर्जा प्रविधि प्रयोग गरी दिगो खानेपानी तथा सिँचाइ परियोजना सञ्चालन गर्न सम्भावना कत्तिको छ भन्ने विषयमा प्रारम्भिक प्राविधिक अध्ययन तथा छलफल गरिएको जनाइएको छ।
लेटाङ नगरपालिकाका नगर प्रमुखज्यूले यस प्रकारको प्राविधिक अनुगमनले नगरका दीर्घकालीन समस्या समाधानमा महत्वपूर्ण आधार तयार गर्ने बताउँदै, खानेपानी र सिँचाइलाई नगरको प्राथमिक आवश्यकताको रूपमा अघि बढाइने स्पष्ट पार्नुभयो।
स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले समेत RERL संस्थाको सम्भाव्यता अध्ययनलाई सकारात्मक रूपमा लिँदै, आगामी दिनमा ठोस परियोजना मार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने अपेक्षा व्यक्त गरेका छन्।