Flash News
लेटाङ नगरपालिकाबाटै अब कर सेवा, दमक आन्तरिक राजश्व कार्यालयसँग सम्झौता
लेटाङ नगरपालिकाबाटै अब कर सेवा, दमक आन्तरिक राजश्व कार्यालयसँग सम्झौता
लेटाङ, २१ पुस । करदातालाई स्थानीय तहबाटै सेवा उपलब्ध गराउने उद्देश्यले लेटाङ नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच कर सेवा सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
समझदारीअन्तर्गत अब लेटाङ नगरपालिकाबाटै स्थायी लेखा नम्बर (PAN), व्यावसायिक PAN, कर चुक्ता प्रमाणपत्र तथा आयकर, VAT र अन्तःशुल्कसम्बन्धी सेवाहरू प्रदान गरिनेछ।
सम्झौतामा आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत केशव रघुवंशी र लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले हस्ताक्षर गर्नुभएको हो।
स्थानीय तहबाटै सेवा उपलब्ध भएपछि करदाताको समय र खर्च बचत हुने, सेवा प्रवाह छरितो र पारदर्शी हुने तथा कर प्रशासन सुदृढ हुने विश्वास लिइएको छ।