Flash News
वडा नं १ स्थित तल्लो धोबी( राजारानी टोलमा) पुस १६ गते टोलबासी र जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
लेटाङ, पुस १६– लेटाङ नगरपालिकाको आयोजनामा वडा नं १ स्थित तल्लो धोबी( राजारानी टोलमा) पुस १६ गते टोलबासी र जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
“समृद्ध नगर, सुखी नगरवासी” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा टोलबासी र जनप्रतिनिधिहरूबीच विकास योजनाहरू, स्थानीय समस्या र तिनको सम्भावित समाधानबारे गहन छलफल भएको थियो। उक्त कार्यक्रममा स्थानीय टोलबासिन्दाको सक्रिय सहभागिता रहेकोको थियो।
जनप्रतिनिधिहरू र स्थानीय टोलबासीबीच खुला छलफलको माध्यमबाट वाड विकासका विभिन्न योजना तथा नीतिहरूको विषयमा जानकारी साथै छलफल गरियो।
यो कार्यक्रम टोलवासीका समस्या बुझ्न र तिनको समाधानका लागि उपयुक्त हुने नगरपालिकाले अपेक्षा राखेको छ।यस्तो कार्यक्रमले टोलस्तरमा नागरिकको आवाज सुन्न र तिनको अपेक्षाअनुसार नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
केही तस्बिरहरू।