FAQs Complain Problems

Photo Gallery

लेटाङ नगरपालिकाबाटै अब कर सेवा, दमक आन्तरिक राजश्व कार्यालयसँग सम्झौता

लेटाङ, २१ पुस । करदातालाई स्थानीय तहबाटै सेवा उपलब्ध गराउने उद्देश्यले लेटाङ नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच कर सेवा सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

समझदारीअन्तर्गत अब लेटाङ नगरपालिकाबाटै स्थायी लेखा नम्बर (PAN), व्यावसायिक PAN, कर चुक्ता प्रमाणपत्र तथा आयकर, VAT र अन्तःशुल्कसम्बन्धी सेवाहरू प्रदान गरिनेछ।

सम्झौतामा आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत केशव रघुवंशी र लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले हस्ताक्षर गर्नुभएको हो।

स्थानीय तहबाटै सेवा उपलब्ध भएपछि करदाताको समय र खर्च बचत हुने, सेवा प्रवाह छरितो र पारदर्शी हुने तथा कर प्रशासन सुदृढ हुने विश्वास लिइएको छ।

लेटाङ, पुस २१– लेटाङ नगरपालिकाको आयोजनामा वडा नं ५ स्थित मझुवा टोलमा पुस २१ गते टोलबासी र जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“समृद्ध नगर, सुखी नगरवासी” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा टोलबासी र जनप्रतिनिधिहरूबीच विकास योजनाहरू, स्थानीय समस्या र तिनको सम्भावित समाधानबारे गहन छलफल भएको थियो। उक्त कार्यक्रममा स्थानीय टोलबासिन्दाको सक्रिय सहभागिता रहेकोको थियो।

जनप्रतिनिधिहरू र स्थानीय टोलबासीबीच खुला छलफलको माध्यमबाट वाड विकासका विभिन्न योजना तथा नीतिहरूको विषयमा जानकारी साथै छलफल गरियो।

यो कार्यक्रम टोलवासीका समस्या बुझ्न र तिनको समाधानका लागि उपयुक्त हुने नगरपालिकाले अपेक्षा राखेको छ।यस्तो कार्यक्रमले टोलस्तरमा नागरिकको आवाज सुन्न र तिनको अपेक्षाअनुसार नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

केही तस्बिरहरू।

, , ,

Rigid Pavement सम्बन्धी प्राविधिक तालिम विराटनगरमा सम्पन्न

लेटाङ, मोरङ ।

नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा नेपाल इन्जिनियर्स एशोसिएसन, कोशी प्रदेशको सह–आयोजनामा ‘Design and Construction of Rigid Pavement for Roads’ विषयक एकदिने प्राविधिक तालिम कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।

IPTM Nepal को व्यवस्थापनमा पुस १८ गते (जनवरी २, २०२६) होटल ईस्टर्न स्टार, विराटनगरमा सम्पन्न तालिममा Rigid Pavement सडकको अवधारणा, डिजाइन, निर्माण प्रक्रिया तथा यसको दीर्घकालीन महत्वबारे विशेषज्ञ इन्जिनियरहरूद्वारा प्रस्तुतीकरण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कि ज्यू,विशेष अतिथि लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावती ज्यू, इन्जिनियर, सब–इन्जिनियर तथा प्राविधिक कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। तालिमले स्थानीय सडक पूर्वाधारको गुणस्तर र दीगोपन अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।

अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

, ,

लेटाङ, पुस १६– लेटाङ नगरपालिकाको आयोजनामा वडा नं १ स्थित तल्लो धोबी( राजारानी टोलमा) पुस १६ गते टोलबासी र जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“समृद्ध नगर, सुखी नगरवासी” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा टोलबासी र जनप्रतिनिधिहरूबीच विकास योजनाहरू, स्थानीय समस्या र तिनको सम्भावित समाधानबारे गहन छलफल भएको थियो। उक्त कार्यक्रममा स्थानीय टोलबासिन्दाको सक्रिय सहभागिता रहेकोको थियो।

जनप्रतिनिधिहरू र स्थानीय टोलबासीबीच खुला छलफलको माध्यमबाट वाड विकासका विभिन्न योजना तथा नीतिहरूको विषयमा जानकारी साथै छलफल गरियो।

यो कार्यक्रम टोलवासीका समस्या बुझ्न र तिनको समाधानका लागि उपयुक्त हुने नगरपालिकाले अपेक्षा राखेको छ।यस्तो कार्यक्रमले टोलस्तरमा नागरिकको आवाज सुन्न र तिनको अपेक्षाअनुसार नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

केही तस्बिरहरू।

, , ,

कालेबुदुली सडक निर्माण तीव्र बनाउन नगर प्रमुखको निर्देशन

लेटाङ । कालेबुदुली सडक अन्तर्गत लेटाङ–६ को कपाशेबाट गुवावरीसम्मको सडकखण्डमा निर्माण कार्य ढिलाइ भएपछि लेटाङ नगरपालिकाले स्थलगत अनुगमन गर्दै काम तीव्र बनाउन निर्देशन दिएको छ।

मंगलबार नगर प्रमुख भूपेन्द्रकुमार लावती, पूर्वाधार विकास कार्यालय प्रमुख ई. खडानन्द ईश्वरसहितको टोली र ठेकेदार भीम पौडेलले संयुक्त रूपमा सडकको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा नगर प्रमुख लावतीले न्यून जनशक्ति प्रयोगका कारण निर्माण कार्य ढिलाइ भई स्थानीयवासी तथा यात्रुहरू सास्तीमा परेको उल्लेख गर्दै पर्याप्त जनशक्ति परिचालन गरी तीव्र रूपमा काम अघि बढाउन ठेकेदारलाई आग्रह गर्नुभयो।

अनुगमन कार्यक्रममा लेटाङ–६ का वडाध्यक्ष जंगवीर तामाङ र लेटाङ–१ का वडाध्यक्ष विष्णुकुमार मगरको समेत सहभागिता रहेको थियो।

केही तस्बिरहरू।

, , ,

लेटाङ नगरपालिकाद्वारा अन्तरधार्मिक शान्ति पार्कको विषयमा धर्मगुरुहरुसँग छलफल

लेटाङ । लेटाङ नगरपालिकाले लेटाङ–१ राजारानीमा निर्माणाधिन अन्तरधार्मिक शान्ति पार्कको विषयमा धर्मगुरुहरुसँग छलफल गरेको छ ।

लेटाङ, पुस १४– लेटाङ नगरपालिकाको आयोजनामा वडा नं २ स्थित झुरपाल टोलमा टोलबासी र जनप्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“समृद्ध नगर, सुखी नगरवासी” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा नगर प्रमुख भूपेन्द्र कुमार लावती ज्यू, नगर उपप्रमुख कृष्णकुमारी निरौला पोखरेल ज्यू, वडा नम्बर २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना ज्यू , टोल विकासका पदाधिकारी सदस्य एवं टोलबासी सक्रिय एवं बृहत उपस्थिति रहेको थियाे ।

टोलबासी र जनप्रतिनिधिहरूबीच विकास निर्माण सम्बन्धी योजनाहरू, टोलबासी तथा कृषि लक्षित कार्यक्रमहरू, स्थानीय समस्या र तिनको सम्भावित समाधानबारे गहन छलफल भएको थियो।

जनप्रतिनिधिहरू र स्थानीय टोलबासीबीच खुल्ला छलफल तथा अन्तरक्रियाको माध्यमबाट वाड विकासका बहुआयामिक क्षेत्र एवं विषयमा छलफल गरिएको थियो ।

यो कार्यक्रमबाट टोलवासीका वास्तविक समस्या बुझी सोही अनुसारको कार्यक्रम तय गरि नगरवासीको अपेक्षा पूरा गर्न सकिने अपेक्षा नगरपालिकाले लिएको छ।

केही तस्बिरहरू।

, , , ,

लेटाङ एडभान्स हस्पिटल प्रा.लि. को चौथो वार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम निशुल्क स्वास्थ्य शिविर कार्यक्रम भव्य रूपमा सम्पन्न ।

कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख तथा वडा अध्यक्षज्यूहरूको उपस्थिति रहेको थियो।

जेष्ठ नागरिकप्रति सम्मान, समुदायप्रति सेवा र स्वास्थ्यप्रति प्रतिबद्धता व्यक्त गर्दै आयोजना गरिएको यस कार्यक्रमले सबैको मन जित्न सफल भएको छ।

स्वस्थ समाज निर्माणमा निरन्तर समर्पित लेटाङ एडभान्स हस्पिटल परिवारलाई हार्दिक बधाई तथा शुभकामना

, , , ,

लेटाङमा क्रिशमसको अवसरमा शुभकामना आदन-प्रदान सम्पन्न

लेटाङ, ७ पुस । मोरङको लेटाङ नगरपालिकामा क्रिष्टमसको अवसरमा शुभकामना आदन-प्रदान कार्यक्रम गरिएको छ । इलाका इसाई एकता समाज लेटाङको आयोजनामा लेटाङ ६ स्थित समाजको कार्यालय परिसरमा भएको शुभकामना आदन-प्रदान कार्यक्रममा लेटाङ नगरपालिका भरिका इसाइ धर्मावलम्वीहरुको सहभागिता रहेको थियो ।

इलाका इसाई एकता समाज लेटाङका अध्यक्ष वीवी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री तथा मोरङ १ का पूर्वसांसद डीगबहादुर लिम्बू, पूर्व नगरप्रमुख शंकर राई, पास्टर सालोम दाहाल र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो भने विभिन्न संघ-सँस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले ख्रीष्टमस पर्वले समाजमा प्रेम, भाइचारा, सहिष्णुता र शान्तिको सन्देश फैलाओस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा लेटाङ नगरपालिकाभीत्रका ३२ वडा चर्चबाट सहभागीहरु आएका थिए ।

, ,

लेटाङ नगरपालिकाद्वारा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सहितको टिमलाई धन्यवाद ज्ञापन।

लेटाङ, ०४ मंसिर, २०८२ — आज मोरङ जिल्ला लेटाङ नगरपालिका वार्ड नं २ बस्ने नवीन गौतम र भीमादेवी गौतमकी छोरी वर्ष १२ कि अंशु गौतमको बलात्कारपछि हत्याको घटनामा संलग्न पक्राउ गर्न सफल भएकोमा मोरङ प्रहरीलाई लेटाङ नगरपालिकाको सम्मान कार्यक्रम आयोजना गरेको छ। विशेषगरी मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल र उनकी टोलीलाई अन्सु गौतम प्रकरणमा गरेको सक्रिय अनुसन्धान र अपराध समाधानमा योगदानको लागि सम्मान गरिएको हो।

कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख, उपप्रमुख , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत , मृतकका आफन्त (पीडित परिवार )स्थानीय अधिकारी, समुदायिक संघसंस्थाका प्रतिनिधि र स्थानीय राजनीतिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागीता रहेकाे थियाे ।

कार्यक्रमा बोल्दै नगर प्रमुख भूपेन्द्र कुमार लावती ज्यूले मोरङ प्रहरीको मेहनत, व्यावसायिकता र अनुसन्धानमा देखाएको दृढताप्रति प्रशंसा सहित लेटाङ नगरपालिका वाड नं २ का आम नागरिक,सामाजिक अभियान्ता एवं अधिकारकर्मीहरू साथै समग्र पक्षको सहयोगले मात्र यो सम्भव भएको भन्दै सम्पूर्णको योगदान एवं भूमिकालाई स्मरण गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।

नगरपालिकाले प्रहरीलाई प्रशंसा पत्र र सम्मान चिन्ह प्रदान गर्दै समुदाय र प्रहरीबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ।

, ,

लेटाङ, मिति २०८२/०८/२९ ।

लेटाङ बचत तथा ऋण सहकारी संस्था लि. को ३३औँ स्थापना दिवसको अवसरमा विभिन्न सप्ताहव्यापी कार्यक्रमहरू सञ्चालन गरी औपचारिक रूपमा समापन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती ज्यूले सहकारीले समुदायको आर्थिक सशक्तीकरण, बचत संस्कृतिको विकास तथा समावेशी विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र सदस्य–मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

स्थापना दिवसका अवसरमा सहकारीका सदस्य, पदाधिकारी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

,

लेटाङ, २०८२/०९/१२

“रूख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ श्री चिसाङ सामुदायिक वन उपभोक्ता समूह, लेटाङ–२ को २६औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

साधारण सभामा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती ज्यू, वडा नं. २ का जनप्रतिनिधि ज्यूहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वन संरक्षण र दिगो व्यवस्थापनमा सामुदायिक भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित कार्यक्रम सफलतापूर्वक समापन गरिएको छ।

,

लेटाङ नगरपालिका, मंसिर १7

लेटाङ नगरपालिकामा 34 औ अन्तराष्ट्रिय अपाङ्गता दिवस ।

"अपांगता समावेशी समाजको प्रबर्धन, सामाजिक उन्‍नतीको सम्बर्धन"

आज नगरपालिकाको प्राङ्गणमा मिति 2०८२ मंसिर 17 गते "34 औ अन्तराष्ट्रिय अपाङ्गता दिवस" को अवसरमा लेटाङ नगरपालिकासँग अपाङ्गता भएका व्यत्तिहरुको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्‍न भएको छ।

लेटाङ समावेसी संस्थाका अध्यक्ष श्री तेज बहादुर लिम्बुज्युको अध्यक्षतामा भएको सो कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख श्री भुपेन्द्र कुमार लावतीज्युको प्रमुख आतिथ्यता रहेको थियो साथै नगर उपप्रमुख श्री कृष्णकुमारी निरौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री कृष्णराज राई लगायतको उपस्थिती रहेको थियो।

, , ,
gtn