FAQs Complain Problems

लेटाङभाेगटेनी नगरपालिका भित्र वडा विभाजन तथा समायाेजन

मिति २०७२/१०/१८ गते सोमबारका दिन लेटाङभोगटेनी नगरपालिकामा भौगोलिक क्षेत्र, स्थानीय जनताको भावनाको आधारमा सर्वदलीय/सर्वपक्षीय बैठकले यी निम्न तपसिल वडा थप गर्न जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण समितिलाई सिफारिस गरिएको छ ।

१. साविक लेटाङ गा‍‍विस वडा नं . ९ लाई लेटाङभोगटेनी वडा नं. १२ कायम भएको।
२. लेटाङभोगटेनी वडा नं‍. ७ को कृतिमान क्षेत्रलाई लेटाङभोगटेनी नगरपालिकाको वडा नं. १३ कायम भएको ।
३. साविक भोगटेनी गाविसको वडा नं‌. १ लाई लेटाङभोगटेनी नगरपालिका वडा नं. १ बाट छुट्याई नयाँ वडा नं. १४ कायम भएको ।
४‍. साविक भोगटेनी गाविसको वडा नं . २, ३, ४ र ५ लाई लेटाङभोगटेनी नगरपालिका वडा नं . १ कायम भएको ।
५‍. साविक भोगटेनी गाविसको वडा नं . ७ लाई लेटाङभोगटेनी नगरपालिका वडा नं.२ कायम भएको ।
६. साविक भोगटेनी गाविस को वडा नं. ६ लाई लेटाङभोगटेनी नगरपालिका वडा नं. १५ कायम भएको ।
७. हाल लेटाङभोगटेनी नगरपालिका वडा नं‍‍. ३ देखि ६ सम्म हाल लेटाङभोगटेनी नगरपालिका वडा नं. ३ देखि ६ नै कायम भएको ।
८‍. नयाँ प्रस्तावित वडा नं. १३ कृतिमान बाहेक क्षेत्रलाई लेटाङभोगटेनी नगरपालिका वडा नं. ७ कायम भएको ।
९‍‍‍. लेटाङभोगटेनी नगरपालिकाको ८‍, ९ र १० लाई जस्ताको तस्तै कायम भएको ।
१०‍. साविक लेटाङ गाविसको वडा नं. ३ लाई लेटाङभोगटेनी नगरपालिका वडा नं. ११ कायम भएको ।