FAQs Complain Problems

वाड न : ८

वडाको संक्षिप्त परिचय 
  ययस लेटाङ नगरपालिका ८ नं. वडा कार्यालय मोरङ जिल्लाको उत्तरपुर्वीभागको चुरेभावर पहाडी क्षेत्रमा अवस्थित छ । जिल्लाको सदरमुकाम बाट यो वडा ५६ कि.मि. र लेटाङ नगरपालिका कार्यालय बाट ..५ किमि..पुर्वीउत्तरमा रहेको छ । यस ८ नं. वडाको क्षेत्रफल .३८.९१..बर्ग कि.मि.रहेको छ । जुन अरु वडा भन्दा यस वडा.तेस्रो.ठुलोमा पर्दछ । यस क्षेत्रको पुर्वपश्चिम महेन्द्र राजमार्ग देखि उत्तर २० कि.मि. माथी महाभारत पहाड सम्म फैलिएको छ । समुद्र सतह बाट झन्डै १४० देखि १३५० मिटर सम्मको उचाईमा रहेको यो वडाको मौषम उष्ण ÷समाशतोण पाईन्छ । यस क्षेत्रको पुर्वमा मिक्लाजुङ गाउँपालिका वडा नं. ५ पश्चिममा लेटाङ नगरपालिका ५ नं. वडा उत्तरमा लेटाङ नगरपालिका ७ नं. वडा र मिक्लाजुङ गाउँपालिका वडा नं.१ र दक्षिणमा लेटाङ नगरपालिका ९ नं. वडा पर्दछन ।यस क्षेत्रको करिब ५१.११ प्रतिसत भुभाग बन र नदि बगर क्षेत्रले ओगटेको छ ।राजनैतिकरुपमा निर्वाचन क्षेत्र १ ब्लक नं. १÷ख  साविक जाँते गा.वि.स. वडा नं. १,२,५,६ र ७ मिलाई राज्यपूःर्नसंरचना अनुसार हाल लेटाङ नगरपालिका ८ नं. वडा भएको छ । यस वडा मा ९ ओटा टोलविकास गठन गरि सन्चालन गरि रहेको छ ।  यस क्षेत्र भौगोलिक विबिधाता रहेको छ भने प्राकृतिक सम्पदामा धनी मानीन्छ ।यस क्षेत्रमा विभिन्न जातजाती बसोवास गरि बस्नुका साथै विभिन्न धर्मलम्बीहरु आफ्नो भाषा कला साँस्कृती पर्व मनाउने गरेको पाईन्छ  । हिन्दुहरुको पुजागर्ने आस्ता बोकेको श्री किराँतेश्वर शिवलाय मन्दिर ८०० मि उचाईमा..०—२—० कठा..क्षेत्रफलमा रहेको पर्यटनको दृष्टिकोण रमणिय मानीएको पाईन्छ ।राईजातीहरुको कला भाष साँस्कृतिरुपमा संग्रालय निर्माण गरि पर्यटन पर्वद्धन गर्ने उदेश्यले संग्रालय सँगै भिउटावर निर्माण गरि गरी सोधेसी तथा विदेसी पाहुनाहरुलाई आफ्नो कला लोभभएको भाषा जगेडा गदै गरेको पाईन्छ यसै गरि लिम्बु ,तामाङ र मगर हरुले मनाउने विभिन्न चाडपर्व सगै स्थानीय गाउँटोल सडक चोकमा स्मृति वा सालिकले चाडपजर्व मनाउने ऐना जस्तै छर्लङ पारेको छ आ—आफ्नो भगवान मान्ने आस्थाका सपनाहरु ईसाईप्रभु ,...ईद पर्व मान्ने पनि गरिन्छ ।यसै गरि यर लेटाङ नगरपालिकाको वा ८ नं. वडाको पर्यटन पर्वद्धको ज्यादै सम्भवना भएको तेलीकोलुङ झर्ना स्थानीय तेलीखोलाको सिरानमा पर्दछ ।यस क्षेत्रलाई स्वच्छ सफा र पर्यटकिय बनाउने साथै शान्ती र स्वच्छ समाजको निर्माण गर्न सदैव युवा युवती समाजका समाजसेवी भद्रभलादमीहरुले उतिकै चासो भरोसा र ढाडस दिई रहेको पाईन्छ ।यस क्षेत्रमा किसानहरुले मौसमी ब्यमौसमी नगदे बाली आय आर्जण स्वजगारी बन्न सहकारी स्थपना गरि किसान दाजुभाईलाई ठुलोमात्रमा सेवा पुराई यस वडा लाई सामाजी ,आर्थिक विकासमा स्तरउन्नती गर्न  सवै महानुभावहरुको उतीकै प्रेण माया गरि राखेको पाईन्छ ।यस वडामा ३ वटा कृषि सहकारी ,२ वटा बचत तथा ऋण सहकारी साथै २ वटा मझौला सिचाई पैनि साथै २ वटा झोलुङे पुल ,१ वटा ब्रिजपुल साथै पिक्नी स्थलको निमार्ण सुरुभएको छ । यस वडामा १ मा.वि. र ३ वटा आभारभुत विद्यालय र निजी २ र १ वटा बालविकास रहेको छ । १ वटा स्वाथ्यचौकी १ शहरी स्वास्थ्य क्लिनीक निजी  ३ स्वास्थ सम्बन्धी कार्यगर्ने फार्मेसि । यस वडामा १ वटा कृषि तथा खाद्यन्य बजार  साथै मानीहरुको मृत्यूप्रर्यन्तकालागी १ वटा तेलीगंगा समाधी स्थल रहेकाछ ।यस वडाको दक्षिणभागमा मौसमी ब्यमौसमी तरकारी खेती गरि जीवीकोपार्जन गरेकामे पाईन्छ भने उत्तरीभागमा अम्रीसो खेती तेलहन दलहन नगदे वाली निरन्तर गरि रहेको पाईन्छ ।

क्षेत्रफल: यस वडाको कुल क्षेत्रफल २०.१० वर्ग कि.मि रहेको छ ।

जनसंङ्ख्या        (स्रोत: नगर पार्श्वचित्र २०८० )

वडा नं

परिवार संख्या

जम्मा जनसंख्या

जनसंख्या प्रतिशत

औषत परिवार आकार

७५५

३३२३

८.७२

४.४०

जनप्रतिनिधिहरुको विवरण

                                                                        

नाम: भीम प्रसाद पोख्रेल                             नाम: नबिन लिम्बू                                    नाम : बुद्धिराम राई

पद: वडाध्यक्ष                                           पद: वडा  सदस्य                                     पद: वडा सदस्य

सम्पर्क: ९८५२०७५३०८                            सम्पर्क :९८४२२९६२७१                           सम्पर्क: ९८०४३२६५२३

वा ९८५२०५९३९३

 

 

Undefined
Population: 
३३२३((स्रोत: नगर पार्श्वचित्र २०८० )
Ward Contact Number: 
९८५२०७५३०८
Weight: 
0